You are viewing the translated version of जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको सूचना.
Rule 20
जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको सूचना
(१) संविधानको धारा २७५ को उपधारा (१) बमोजिम राष्ट्रिय महत्वको कुनै विषयमा जनमत सङ्ग्रहका माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी सङ्घीय संसदका सम्पूर्ण संदस्य सङ्ख्याको एक चौथाई सदस्यले जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको सूचना महासचिवलाई दिन सक्नेछन्।
तर नेपाल सरकारलाई कुनै विषयमा जनमत सङ्ग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भन्ने लागेमा सम्बन्धित मन्त्रीले जनमत: सङ्ग्रहसम्बन्धी प्रस्तावको सूचना महासचिवलाई दिन सक्नेछ।
(२)-उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि महासंचिवले जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव सभामुख र अध्यक्ष समक्ष पेश गर्नेछ।